आम-निर्वाचन २०७९ मा निर्वाचित अपाङ्गता भएका जनप्रतिनिधिहरुको तथ्याङ्क उपलब्ध गराउन हार्दिक अनुरोध

Published on: February 19, 2024

Center For Independent Living of Persons with Disabilities (CIL-Kathmandu) ले नेपालको संविधान-२०७२, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी-२००६ र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन-२०७४ ले प्रत्याभुत गरेको अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक अधिकारको विषयमा विस्तृत अध्ययन गरिरहेको अवस्थामा आउने आम-निर्वाचन-२०८४ मा अपाङ्गता भएका व्यक्तिहरुको प्रत्यक्ष सहभागिताको संख्यलाई बढाउन प्रभावकारी सचेतना, वकालत र पैरवीका गतिविधिहरु संचालन गर्नु पर्ने आवश्यकता महसुस गरेका छौँ । यसका निम्ति आम-निर्वाचन-२०७९ (संघ, प्रदेश, स्थानिय तह) मा निर्वाचित अपाङ्गता भएका जनप्रतिनिधीहरुको विस्तृत तथ्याङ्क हुनु निकै आवश्यक छ तर विष्तृत तथ्याङ्क कुनै निकायले दस्ताबेजिकरण गरिएको पाईएन । त्यसैले तपाईँलाई जानकारी भए बमोजिमको स्थानिय तह, प्रदेश र संघमा रहेका अपाङ्गता भएका जनप्रतिनिधीहरुको  विवरण उपलब्ध गराई अपाङ्गताका मुद्दालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न गराउन यहाँहरुलाई हार्दिक अनुरोध गर्दछू ।

अपाङ्गता भएका जनप्रतिनिधिहरुको विवरण तल राखिएको MS FORM माफर्त जानकारी गराई दिनु होला ।https://forms.office.com/r/7uP0wyaYd9

थप जानकारीका लागिः 00977-4582210, 9841760119, 9860792017