संस्थाको १५ औं साधारण सभाको जानकारी सम्बन्धमा

Published on: September 11, 2023

श्री सबै साधारण सदस्यज्यूहरू

उपरोक्त सम्बन्धमा यस संस्थाको मिति २०८० भाद्र २४ गते सम्पन्न कार्यसमितिको बैठकबाट संस्थाको बार्षिक साधारण सभाहरू निम्न लिखित, मिति, समय, स्थान र छलफलका विषयहरूमा हुने निर्णय भएको हुँदा संस्थाको विधानको दफा ९ (ख) अनुसार संस्थाको साधारण सदस्यता नियमित नविकरण गरिसक्नु भएका साधारण सदस्य ज्यूहरूलाइ साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । यदि साधारण सदस्यता नविकरण नगर्नु भएका सदस्यहरूले २०८० असोज १० गते भित्र संस्थाको कार्यालयमा आइ नियमानुसार सदस्यता नविकरण गर्नुहुन पनि जानकारी गराइन्छ ।  

छलफलका विषयहरू (एजेन्डाहरू)

१. आ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।

२. आ.ब. २०७९/८० को आर्थिक प्रगति प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।

३. कार्यसमितिले हालसम्म गरेका निर्णयहरू अनुमोदन गर्ने सम्बन्धमा ।

४. संस्थाका नयाँ नीति पारित र पुराना निति संशोधन गर्ने सम्बन्धमा ।

५. आ.ब. २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने सम्बन्धमा ।

साधारण सभा हुने

मितिः २०८० असोज १६ गते मंगलबार (इ.सं. अक्टोबर ३, २०२३) ।

समयः विहान ११ बजे ।

स्थानः सितल चौतारी रेष्टुरेन्ट, नयाँ बानेश्वर ।

धन्यवाद ।

(गणेश के.सी.)

महासचिव