स्वावलम्बन जीवन पद्धतिका सिद्धान्तहरु
१. मानवाधिकारः सबैकालागि समानअधिकार र अवसर । अपाङ्गताको आधारमा गरिने कुनैपनि प्रकारको विभेद मञ्जुर छैन ।
२. उपभोक्ताबादः उपभोक्ताबादको सिद्धान्त अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई पनि आफ्ना लागि उपयुक्त अनुकुलता, आवश्यक सेवा तथा सुविधाहरुमाथि छनौट र नियन्त्रणको अधिकार हुनुपर्छ ।
३. संस्थाभित्रको चार दिवार होईनः अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा दिने नाममा उनीहरुको ईच्छा र छनौट विपरीत कुनैसंस्थाको चारदिवारी भित्र लादिएका सेवा सुविधाहरुमा जीवन जिउन मञ्जुर छैन ।
४. चिकित्सकीय व्याख्या होईनः अपाङ्गता एउटा शारीरिक अवस्था मात्र नभई सामाजिक र वातावरणीय तत्वहरुसँग पनि यसको प्रत्यक्ष सम्बन्ध रहेकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सधैंभरि विरामीको संज्ञा दिएर चिकित्साशाष्त्रको आँखाले मात्र व्याख्या गरिनु सर्वथागलत हो ।
५. स्वावलम्बीः मानिसहरुले आफुजस्तै समस्या, अनुभव र सिकाई भएका अन्य मानिसहरुबाट नै धेरैभन्दा धेरै सिकेर आफ्ना लागि सिकेर उन्नति गर्न सक्छन् न कि तोकिएका पेशाकर्मीहरुबाट ।
६. पैरवीः समाज वा राज्यबाट मानिसहरुलाई प्राप्त हुने सम्पुर्ण सेवा सुविधाहरुबाट समान आधारमा अपाङ्गता भएका व्यक्तिहरु पुर्णरुपमा लाभान्वित भएका छन् भन्ने सुनिश्चित गराउन प्रणालीहरु, नीतिहरु लगायत समुदायस्तरसम्म व्यापक परिवर्तनको आवश्यकता छ ।
७. सबै किसिमका अवरोधहरुबाट मुक्तः अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, आवश्यकता र अनुकुलता विपरीत हुने सबै प्रकारका सामाजिक, अवधारणागत, संस्थागत, भौतिक र सञ्चारसँग सम्बन्धित अवरोधहरुको अन्त्य भएमा मात्र उनीहरुलाई समान अधिकारको उपभोग र अवसर समानीकरणका लागि पर्याप्त ढोकाहरु खुल्ने छन् ।
८. उपभोक्ता/हकवाला नियन्त्रितः अपाङ्गता भएका व्यक्तिहरुका लागि उपयुक्त सेवा, सहयोग, सुविधा, अनुकुलताहरु प्रदान गर्ने संघसंस्थाहरुको सञ्चालन र व्यवस्थापनमा स्वयं अपाङ्गता भएका व्यक्तिहरुकै नियन्त्रण आवश्यक छ ।
९. जसको नेतृत्व उसकै सवालः स्वावलम्बन जीवन पद्धतिको प्रबर्दन र अपाङ्गता अधिकारको लागि स्वयं अपाङ्गता भएका व्यक्तिहरुकै नेतृत्व आवश्यक छ ।
१०. अन्तरअपाङ्गताः स्वावलम्बन जीवन पद्धतिका लागि गरिने क्रियाकलापहरु सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु मिलेर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिन्छ ।