सचेतना

नेपालमा प्राय अपाङ्गताको सन्दर्भलाई ठुलै गल्ती कमजोरीको रुपमा लिईन्छ, जब अपाङ्गता भएका व्यक्तिहरुको कुरा आउँछ, त्यहाँ अभद्र व्यवहार, बञ्चितीकरण, शिक्षाको कमी, वेरोजगारी तथा निराशाजनकता जस्ता नकारात्मक कुराहरु परिणामको रुपमा आउँछन् ।
सीआईएल काठमाडौं मानिसहरुको दृष्टिकोण परिवर्तन र समावेशी सोंच सिर्जनाको लक्ष्यसाथ अपाङ्गता सम्बन्धी सचेतना अभिबृद्धिमा कार्यरत छ ।
सीआईएल काठमाडौं गोष्ठी, सभा, सम्मेलन, अभियान, वैठक, प्रदर्शन, सञ्चार माध्यम परिचालन मार्फत सर्वसाधारणमा अपाङ्गता सम्बन्धी सचेतना अभिबृद्धिमा क्रियाशील छ । त्यस्तै सीआईएल काठमाडौं शैक्षिक संस्थाहरु, पर्यटकीय क्षेत्र, रोजगारदाता तथा औषधि उद्योग जस्ता समुह लक्षित क्रियाकलाप मार्फत अपाङ्गता सम्बन्धी सोंच र विचार परिवर्तनमा कार्य गरिरहेको छ ।