सपना, ध्येय र लक्ष्यहरू

People gather around and put hand in hand

दुरदृष्टि (सपना)

अपाङ्गता भएका व्यक्तिहरु आफ्नो मानवअधिकारको पूर्ण समझदारी सहित अवरोधमुक्त समुदायमा सम्मानित तथा स्वावलम्बी जीवनयापन गर्दछन् ।

ध्येय

नेपालभरि स्वावलम्बन जीवन पद्धतिका मूल्य, सिद्धान्त तथा अभ्यासहरुको प्रबर्दन तथा सुदृढिकरण हुनेछ।

लक्ष्यहरु

सीआईएल काठमाडौंले ध्येय प्राप्तिका लागि निम्नलिखित लक्ष्यहरु तय गरेको छ ।

  • नेपालभरि स्वावलम्बन जीवन पद्धतिका सिद्धान्तहरुको कार्यान्वयनमा नेपाल सरकार र अपाङ्गता भएका व्यक्तिहरुका बीच मध्यस्थको रुपमा स्वावलम्बन जीवन पद्धति केन्द्रहरुको स्थापना तथा सुदृढीकरण गर्नु ।
  • स्वावलम्बन जीवन पद्धति अवधारणाको प्रबर्दन तथा विकासका लागि सकारात्मक तथा उत्तरदायी राष्ट्र निर्माणमा क्रियाशील रहनु ।
  • अपाङ्गता अधिकारको सन्दर्भमा अपाङ्गता भएका व्यक्ति माथि हुने विभेद विरुद्धका नीति तथा कानुनहरुको तर्जुमा तथा कार्यान्वयनमा राष्ट्रव्यापी प्रेरणा जगाउने ।