पैरवी

Few people in wheelchair

पैरवी सीआईएल काठमाडौंका चारवटा मुख्य क्रियाकलापहरुमध्ये एक हो । यसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण तथा प्रबर्दन मार्फत समुदायमा स्वावलम्बी जिवन यापन गराउने लक्ष्य राखेको छ । विगत १० वर्षदेखि सीआईएल काठमाडौं अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक र नीजि जिवनलाई प्रभाव पार्ने सबैखाले निर्णय प्रकृयाहरुमा उनीहरुको अर्थपुर्ण सहभागितामा अतिआवश्यकीय वृद्धि गराउनका लागि पैरवी गर्दै आईरहेको छ ।

सीआईएल काठमाडौं अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित नीति, कानुन, अन्र्तराष्ट्रिय महासन्धि तथा अभिसन्धिहरुको औपचारिक कार्यान्वयन गराउनका लागि पैरवी गर्दछ, जसले गर्दा उनीहरुले भौतिक र सामाजिक अवरोधमुक्त स्वतन्त्र जिवन यापन गर्न सकुन् ।

पैरवीका मुख्य लक्षित विषयक्षेत्रहरु यस प्रकार छन्:

सहायक सामाग्री तथा सेवाको अधिकार

सहायक सामाग्रीहरु (जस्तैः ह्वीलचियर, व्यक्तिगत सहयोगीहरु) तथा व्यक्तिगत सहयोगी सेवा पुर्ण र अशक्त अपाङ्गता भएका व्यक्तिहरुका दैनिकी, व्यक्तिगत गमनशीलता तथा सार्वजनिक सहभागिताका लागि आवश्यक छन् । व्यक्तिगत सहयोगी सेवाहरु तालिमप्राप्त र अनुभवी कर्मचारीहरुबाट दिईनु पर्ने भएपनि अभिभावक, नातागोता वा छरछिमेकीहरुबाट पनि दिन सकिन्छ । साथै ह्वील चियर दानकार्यको विपरीत आवश्यकतामा आधारित भएर ह्वील चियर वितरण गर्नुपर्ने हुन्छ ।

रोजगारीका अवसरहरु

अपाङ्गताको आधारमा लगाईने सामाजिक लाञ्छना र सचेतनामा कमी भएका कारणले रोजगारदाता कम्पनी तथा संस्थाहरुले अपाङ्गताभएका व्यक्तिहरुलाई रोजगारप्रदान गर्न हिच्किचाईरहेको पाईन्छन् । उनीहरु उच्च दक्ष, काम गर्न ईच्छुक भएपनि कार्यस्थलमा उपयुक्त अनुकुलता चाहिन्छ तर कसैलाई भने नचाहिन पनि सक्छ । यदि नीजि तथा सार्वजनिक रोजगारदाताहरुले आमरुपमा उनीहरुका लागि रोजगारीका अवसरहरु खुला गरेमा परिवारजनले आर्थिक समस्याबाट मुक्ति पाउने र आफुहरु पनि समुदायमा आफन्तहरुसँग स्वावलम्बी जीवनयापन गर्न पाउँछन् ।

वेरोजगार भत्ता

अपाङ्गताकै कारणले आर्थिक उपार्जन गर्न नसक्नेहरुका लागि सरकारी सहयोग आवश्यक हुन्छ, न कि दानदातव्य वा पारिवारिक आर्थिक सहयोग । सरकारी सहयोग प्राप्तगर्नु उनीहरुको अधिकार हो र अनिमात्र समुदायमा आर्थिक वोझविना आफन्तहरुसँग जीपनयापन गर्न पाउँदछन् ।

समावेशी शिक्षा

अपाङ्गताभएका व्यक्तिहरुका लागि निशुःल्क शिक्षा प्राप्त गर्ने अधिकार र अपाङ्गताभएका विद्यार्थी अनुकुल पद्धति, परिक्षा प्रणाली, पाठ्यक्रम, मुल्यांकन पद्धति, शैक्षिक सामाग्री, उपयुक्त जनशक्ति विकास गर्ने साथै अपाङ्गता भएका विद्यार्थीहरुको फरक आवश्यकतालाई सम्बोधन गर्ने शिक्षाप्रणाली सुनिश्चित हुनुपर्दछ ।

निशुःल्क स्वास्थ्य सेवा

निशुःल्क स्वास्थ्य उपचार तथा परामर्श सेवा नियमित उपचारमा रहेका वा औषधि सेवन गरिहेका वा उपचार गराईरहेका अपाङ्गता भएका व्यक्तिहरुको अधिकार हो ।

पहुँचयुक्त (अवरोधमुक्त) भौतिक वातावरण तथा आवाशिय सुविधाहरु

अपाङ्गता भएका व्यक्तिहरु तथा साङ्गहरुका लागि मैत्री नेखिएका सार्वजनिक स्थान जस्तैः सडक, पार्क, फुटपाथ, बजार, विमानस्थल, खुलास्थानहरु, धार्मिक तथा पर्यटकीयस्थलहरु, शैक्षिक संस्था, बसपार्क, तथा सरकारी भवनहरुमा पहुँचयुक्तता बृद्धि गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट जारी गरिएको ”अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक पुर्वाधार तथा सञ्चार सेवा निर्देशिका २०६९” को प्रभावकारी कार्यान्वयन आवश्यक छ । साथै अप्रिल २०१५को भुकम्पबाट क्षति भएका संरचनाहरुको पुनःनिर्माणमा पहुँचयुक्तताको मापदण्ड लागुभएको समेत सुनिश्चित गरिनु आवश्यक छ ।