अपांगता र मानवअधिकार अनलाइ तालिम/अन्तर्कृया सञ्चालन

Published on: September 12, 2020

यस संस्था अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द, काठमाडौ (CIL Kathmandu), राष्ट्रिय आदिबासी जनजाति अपांग महिला संघ नेपाल NIDWAN)राष्ट्रिय साँकेतिक भाषा दोभाषे संघ नेपाल (NASLI-Nepal) को संयुक्त आयोजना र राष्ट्रिय अपांग पत्रकार संघ नेपाल, काठमाडौ, अपांग विकाश मञ्च बझाङ, अपांगता महिला संघ, रूपन्देही, रिसेड तनहुँ, अपांग मावअधिकार मञ्च, नुवाकोट, ग्रामिण अपांग सरोकार केन्द्र, धनुषा र अपांग विकाश संघ उदयपुरको समन्वयमा “अपाङ्गता र मानवअधिकार” सम्बन्धी अनलाइन तालिम/अन्तर्कृया कार्यक्रम हरेक हप्तको मंगलबार १२ः३० बजे विभिन्न शिर्षकमा छुट्टाछुट्टै शत्रमा कार्यक्रम चलाइ राखेको छ ।

कोरोना महामारीले सबैलाइ घरभित्रै बस्न बाध्य पारेको अवस्थामा शहरी क्षेत्र बाहिर बस्ने र दुर्गम क्षेत्रका व्यक्तिहरूलाइ समेत लक्षित गरेर अपांगता र मानवअधिकारका विभिन्न आयाम र विषयवस्तुमा जानकारी गराउने उद्देश्यले राखिएर यो कार्यक्रम चलाइएको हो । कार्यक्रम २०७७ असार २५ गते (July 9, 2020) बाट हरेक हप्ताको मंगलबार र विहिबार शुरू भएको कार्यक्रमको १५‌औ सृंखला देखि हप्ताको १ दिन अथवा हरेक मंगलबार १२ः३० बजे सञ्चालन गर्ने गरिएको छ । यस कार्यक्रमले अपांगताको बारेमा जान्न खोज्ने नयाँ व्यक्ति र अपांगता सम्बन्धी विस्तृत बुझ्न खोज्ने व्यक्तिहरूलाइ सहयोग गर्ने रहेको छ साथै कार्यक्रममा सहभागिता उल्लेखनीय र उत्साहबर्दक रहेको । यस कार्यक्रमबाट अपांगताका विविध आयामहरूमा लामो छलफल चलाइने छ । आगामी दिनमा लगभग ६ महिनासम्म निरनतरता दिने दिने कुरामा सबै आयोजकहरू सहमत रहेको छ ।