संस्थाको साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको चयन ।

Published on: January 29, 2020

अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द्र, काठमाडौंको १२औं  साधारण सभा तथा छैठौं महाधिवेशन २०७६ साल मंसीर २४ गते  संस्थाकै कार्यालय नयाँबानेश्वरमा सम्पन्न भएको छ ।  गणेश के.सी.को अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा महासचिव जमूना सुवेदी र कोषाध्यक्ष देवी आचार्यले कार्यप्रगति र आर्थिक प्रतिवेदन क्रमशः प्रस्तुत गर्नु भएको  थियो भने सभाले साधारण सभामा प्रस्तुत एजेन्डाहरू पारित गर्दै अन्त्यमा उपाध्यक्ष टेकबहादुर गुरूङको अध्यक्षतामा आगामी २ बर्षका लागि १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिमा ८ जना पुरानो कार्यसमितिबाट दोहोरिएका छन भने कोषाध्यक्ष सहित ४ जना सदस्यहरू नयाँ अनुहारका रहेका छन । संस्थाको नयाँ कार्यसमितिमा महिलाको बहुमत समेत रहेको छ । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निम्नानुसार रहेका छन ।

१. श्री टेकबहादुर गुरूङ, अध्यक्ष

२. श्री जमूना सुवेदी, उपाध्यक्ष

३. श्री गणेश के.सी., महासचिव

४. श्री ज्योति अर्याल, सचिव

५. श्री लक्ष्मी घिमिरे, कोषाध्यक्ष

६. श्री सोनिका ढकाल, सदस्य

७. श्री इन्द्रप्रसाद उपाध्याय, सदस्य

८. श्री दुर्गामान तामाङ, सदस्य

९. श्री यमी झाँक्री मगर, सदस्य

१०. श्री सीता भण्डारी, सदस्य

११. श्री माधव सुवेदी, सदस्य

१२. श्री गीता दुलाल, सदस्य

१३. श्री दिनेश खत्री, सदस्य