यातायात मन्त्रालयमा पैरबी बैठक

Published on: March 2, 2020

संस्थाको एक प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव श्री प्रमिलादेवी शाक्य बज्रचार्यलाइ भेटेर सरकारले खरिद गर्न लागेको ३०० वटा विद्युतीय बस खरिद गर्दा अपांगता भएका व्यक्तिहरूका लागि पनि उपयुक्त हुने बस खरिद गर्नु पर्ने मागहरू राखी ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त छलफलमा प्रतिनिधि सभा सदस्य माननीय दुर्गाबहादुर रावतले पनि आफ्ना धारणा राख्ने क्रममा संस्थाले राखेका मागहरूले सरकारलाइ सहयोग गरेको, संघीय गणतन्त्र भएको मुलुकमा जनताका मागहरू राज्यले सुन्नु पर्ने र सबै जनताले राज्यबाट प्राप्त हुने सेवा तथा सुविधामा समान पहुँच र अवसर पाउनु पर्ने बताउँदै यस विषयमा संसदमा समेत बोल्नु परेमा आफू बोल्न र सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । छलफलको अन्त्यमा मन्त्रालयकी सहसचिव राजभण्डारीले यी जायज मागहरूलाइ आफ्नो समितिमा राखेर छलफल गर्ने र सकारात्मक भाव राखेर अगाडी बढ्ने कुरा बताउनु भयो ।