महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग भेटघाट

Published on: January 30, 2020

२०७६ माघ १०,  यस संस्था सिआइएल काठमाडौको एक प्रतिनिधिमण्डले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरूङलाइ भेटी अपांगता भएका व्यक्तिहरूले हाल भोग्नु परेका समसामयीक समस्या र समाधानका लागि मन्त्रालयबाट हुनु पर्ने कामका बारेमा ज्ञापनपत्र मार्फत जानकारी गराएको छ । खासगरी पूर्ण तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरूले भोग्नु परेका समस्याहरूमा मुख्य रूपमा अपांगतामैत्री वातावरणको निर्माण, सहायक सामाग्रीको उपलब्धता र व्यक्तिगत सहयोगी सेवालाइ लागू गर्ने विषयमा केन्द्रीत रहि छलफल भएको थियो । मन्त्रालयले २०६९ सालमा निर्माण गरी नेपाल सरकारबाट लागू भएको “अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिकाको कार्यान्वयन हुनु पर्ने, अपांगता भएका व्यक्तिहरूले प्रयोग गर्ने ह्वीलचियर नेपालमा बनाउन बजेटको व्यवस्था गर्नु पर्ने र यस संस्थाले मन्त्रालयको सहयोगमा २०७२ सालमा तयार गरेको व्यक्तिगत सहयोगी सेवा निर्देशिकालाइ लागू गर्ने विषयका अलावा अन्य विषयमा समेत छलफल भएको थियो र यी विषयहरूलाइ मन्त्रीज्यूबाट आगामी आ.ब.को कार्यक्रममा समावेश गर्ने बताउनु भएको थियो ।