विष्णु र फत्तको कथा

Published on: June 8, 2017

Photo of Bishnu and Fatta

विष्णु र फत्त बाल्यकालदेखि नै पोलियोबाट प्रभावित एकै परिवारका दिदी बहिनी हुन् । उनीहरुको उमेरमा १० वर्षको फरक छ । जबदेखि उनीहरु एकै किसिमको अपाङ्गताको अवस्थामा पुगे फत्तभन्दा विष्णु अलि बढी अशक्त भईन । दुवैजना ह्वीलचियर प्रयोग गर्छन् तर विष्णुको हातचलाउन समस्याहुने भएकाले सरसफाई र खाना खान असम्भव हुँदै आएको छ ।

विष्णु र फत्त नेपालमा अपाङ्गताको आधारमा लगाईने लाञ्छनाको बारेमा जानकार छन् । जब उनीहरुका बाबुआमालाई यस अपाङ्गताको अवस्थाको वारेमा थाहा भयो तब उनीहरुले आफ्ना छोरीहरुलाई अशुभ ठानेर हेरचाह गर्न छाडेका थिए । तर टाढाका नातेदारहरुले नचाहँदा नचाहँदै छुट्टै घरमा राखी उनीहरुको हेरचाह लालनपालन गरिदिएका थिए ।

सन् २०१४मा दुवै जनाको पुनःर्मिलन भयो र आफ्नो गृहजिल्ला गोरखामा एउटा सानो घर बनाएपछि दुवैजना सँग बस्न थाले । जहाँ उनीहरुले खाना र घरायसी सामाग्री विक्री गर्ने पसल पनि खोले । उक्त पसलबाट प्राप्त हुने आम्दानी उनीहरुलाई जिविकोपार्जन गर्न पर्याप्त हुनाको साथै खुशीसाथ स्वावलम्बी जिवन व्यतितगरिरहेका थिए ।

सन् २०१५ अप्रिलमा ७.८ म्याग्निचुडको भुकम्पले पसलखोलेको एक वर्ष नवित्दै नराम्ररी गोरखा जिल्ला तहसनहस पारिदियो । उनीहरुको घर र पसल नराम्ररी क्षति भयो ।

त्यसबेलादेखि उनीहरु गरिवीको रेखामुनि बाँचिरहेका छन् । घरविहिन, आयविहिन तथा परिवारको समेत सहयोगविहिन भएर तनाव र अत्तेसमा बाँचिरहँदा उनीहरुको भविष्य अनिश्चित भएको छ ।

जब सीआईएल काठमाडौंलाई फत्त र विष्णुकोबारेमा थाहाभयो उनीहरुलाई स्वावलम्बन जीवन पद्धति कार्यक्रममा सहभागिता राख्न निमन्त्रणा गरियो । सीआईएल काठमाडौंले दुवैलाई गोरखाको भौगोलिक स्थितिअनुकुलको सुधारिएको ह्वीलचियर प्रदान गरेको साथै दौंतरी परामर्शमा सहभागिता, चिकित्सकीय चेकजाँच सुविधा तथा मानवअधिकार शिक्षा र उपलब्ध सेवा सम्भाव्यताको विषयमा जानकारी प्रदान गराएको थियो ।

“यी मेरा जीवनका उत्कृष्ट दिनहरु भईराखेका छन्” विष्णुले भनिन् । “यहाँ म मात्र एक अपाङ्गता भएकी होईन, मैले धेरै अपाङ्गता भएका व्यक्तिहरु स्वावलम्बी जीवन व्यतित गरिरहेका देखेकी छु । अब उप्रान्त म आफ्नो तरिकाले जीवन यापन गर्न सक्छु तथा पुनः व्यवसाय सञ्चालन गर्छु भन्ने महसुस भईरहेको छ” ।

फत्तले स्वावलम्बन जीवन पद्धति कार्यक्रममा सहभागि भएपछि त्यसले कसरी उनको जीवनप्रति हेर्ने दृष्किोणमा प्रभाव पा¥यो भन्ने अनुभवजन्य सिकाई सुनाईन, “मेरो सोच्ने तरिका नै परिवर्तन भयो र अहिले म व्यवसाय र मेरो स्वावलम्बी जीवन यापनलाई सफल बनाउने तर्फ उत्प्रेरित छु ”, उनले भनिन् ।