पराम‍‍र्श कार्यक्रम सम्पन्न

Published on: March 22, 2022

10 people seated around a table in a hall, discussing with each other
10 people seated around a table in a hall, discussing with each other
interactive dialog between the peer counseling facilitators and the attendees

चैत्र चारको दिन सिआइएल काठमाण्डौंको कार्यालयमा दौँतरी परामर्ष कार्यक्रम सञ्चालन गरियो।  कार्यक्रमका तीन सहभागीहरूले परामर्षदातासंग आफ्नो जिवनमा अपांगतापस्चातका उतारचढावका बारे कुराकानी गरे। अपांगता भएका त्यी व्यक्तिका संघर्षका प्रेरणादायी कथाहरू सहजकर्ताहरूको भोगाईसित पनि मेल खाने प्रकृतिका थिए।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सञ्चालन गरिने यस दौँतरी परामर्ष कार्यक्रम सिआइएल काठमाण्डौंको नियमित रूपमा सञ्चालित प्रभावकारी कार्यक्रम रहँदै आएको छ। यस कार्यक्रममा अपांगताका मुद्दा तथा विषयवस्तुको उचित व्यवस्थापनका बारेमा यस सन्दर्भमा कम जानकारी, ज्ञान एवं कौसल भएका अपांगता भएका व्यक्तिहरूसंग मनोसामाजिक विषय, पहुँचयुक्तता, सशक्तिकरण तथा स्वावलंबन जिवनपद्धती साथसाथै समुदायमा सक्रिय सहभागिता तथा अपांगताको विकासमा सरोकार राख्ने राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रावधान र नीतिका बारेमा मिल्दोजुल्दो पूर्ववत भोगाई भएका यद्यपि हाल आफ्नो जिवन, सामाजिक संबन्ध र कार्यमा अघि बढेका व्यक्तिबिच साक्षातकार गराई अन्तरकृयात्मक संवाद गरिन्छ। समानुभूतीपूर्ण ढंगले अघि बढाइने यस कार्यक्रममा परामर्ष सहजकर्ताले आवश्यक सूचना प्रदान गर्ने, संस्थाले सक्ने जिवन विकासका आयाममा साहयता गर्ने आश्वासन दिने, आफ्ना भोघाईहरू पनि उनीहरूसित बाँड्ने आदि कृयाकलापहरू गर्दछन्।

सहभागीहरूले कार्यक्रमको प्रभावकारिताबारे प्रशंसा गर्दै यस्तो कार्यक्रमलाई अझ विस्तार गर्ने पृष्ठपोषण प्रदान गरे। अन्तमा, आपसमा आगामी दिन र कार्यका लागि सुवेक्षाको साटासाट सहित खाजानास्ता लिएर सत्रको समापन गरियो। अपांगता भएका व्यक्तिहरूको सहज आवागमनलाई मध्यनजर गरी यातायात खर्चको व्यवस्थापन संस्थाकै तर्फबाट गरिएको थियो।

अझ केही सप्ताहसंम निरन्तर रूपमा यी सत्रहरू सिआइएल कार्यालयमा सञ्चालन गरिनेछ र आवश्यक परेको खण्डमा असहज हुँदा व्यक्तिकहाँ नै पुगेर दौँतरी परामर्ष कार्यक्रम सञ्चालन गर्न सकिनेछ।