पुँजीबजार र स्वरोजगार सम्बन्धी तालिम

Published on: March 27, 2022

In the formal program, around 30 participants are seated on floor and guest on the dais.
In the formal program, around 30 participants are seated on floor and guest on the dais.
A picture of Closing ceremony

चैत्र ९ देखि ११ सम्म अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जिवनपद्धति केन्द्र, काठमाण्डौं (सिआइएल काठमाण्डौं) को आयोजनामा अपांगता भएका व्यक्तिहरूका लागि बित्तिय साक्षरता सम्बन्धी तालिम एवं पुँजिबजारका आधारभूत पक्ष्य तथा प्राविधिक विशलेषण सम्बन्धी त्रिदिवशिय प्रशिक्षण कार्यक्रम सञ्चालन गरियो। काठमाण्डौं अनामनगरस्थित युनियन हाउसमा सञ्चालित उक्त कार्यक्रममा २३ अपांगता भएका व्यक्तिहरूले बित्तिय विषयहरू जस्तै वाणिज्य, लगानी, स्वरोजगार, आदिका बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्राप्त गरे। यससंगै आधुनिक समयमा आर्थिक प्रगतिको महत्वपूर्ण आधार तथा व्यक्तिगत एवं राष्ट्रिय अर्थविकासको स्रोत रहेको श्यरबजारका अत्यावश्यक विषयवस्तुहरूबारे पनि प्रशिक्षण प्राप्त गरे। अनुभवी तथा दिग्गज प्रशिक्षकहरूको समूहले अपांगमैत्री ढंगबाट सबै आयामहरूलाई सरल हिसाबले प्रस्तुत गर्नुभएको उक्त प्रशिक्षण कार्यक्रम अतिलाभदायक सिद्ध हुने सहभागीहरूले बताए।
अपांगता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरण एवं आर्थिक आत्मनिर्भरताद्वारा स्वावलम्बन जिवनपद्धतिको सम्वर्धन हेतु महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयतामा सिआइएल काठमाण्डौंद्वारा यस कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रम समृद्ध नेपाल लगानी समूहसँगको समन्वय साथै सानी सेक्योरिटिज प्रा.लि (सेयर ब्रोकर नं ४२) को प्राविधिक सहयोगमा सफलतापूर्वक सम्पन्न गरिएको हो।
यस त्रिदिवसीय प्रशिक्षणको पहिलो दिन बित्तिय साक्षरता अन्तरगत व्यावसायिक ज्ञान, अर्थविज्ञान एवं समृद्धिको मनोविज्ञान लगायतका विविध विषयमा ज्ञान तथा कौसल विकासमा जोड दिइएको थियो। दोश्रो दिनमा आर्थिक उन्नतिको सर्वाधिक महत्वपूर्ण आधार लगानी अन्तर्गतको प्रभावकारी माध्यम पुँजिबजार र यस संबन्धका आधारभूत पक्ष्यबारे सुसूचित गरियो। तेश्रो दिनको तालिममा पुँजिबजारमा लगानी गर्न चाहिने प्राविधिक ज्ञान र सीपबारे व्यवहारिक रूपमा प्रशिक्षार्थीहरूलाई जानकारी प्रदान गरियो।
प्रशिक्षणपस्चात संस्थाका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा औपचारिक समापन समारोह गरियो। जसमा प्रमुख अतिथी रहेकी पुँजिबजार लगानिकर्ता संघकी अध्यक्ष राधा पोखरेलज्यूले यस्तो कार्यक्रमले पुँजिबजारमा सबै वर्गको समान सहभागिता गराउन मद्दत गरी बित्तिय क्षेत्रमा सबैको योगदान कायम गराउन मद्दत गर्ने दावी गर्नुभयो। साथै उहाँले अपांगता भएका व्यक्तिहरूको बित्तिय विकासका चुनौतीहरू चिर्न आफू र आफ्नो संगठन सदैव साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। प्राविधिक साहयता पुर्याउनुहुने सानी सेक्युरिटिजका प्रमुखले पनि यस किसिमको सहकार्य गर्न पाउँदा हर्षित महसुस गरेको बताउनुभयो। साथै अन्य अतिथि गण तथा प्रशिक्षकहरूले पनि कार्यक्रमको सराहना गरी यसको व्यापकता र विस्तार र त्यसमा आ-आफ्नो स्थानबाट गर्न सक्ने साहयताका लागि सदैव तत्पर रहेको बताउनुभयो। सहभागीहरूले पनि आफ्नो आर्थिक प्रगतिमा यस प्रशिक्षण सहयोगी हुने विश्वास राखी आगामी दिनमा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे। आयोजक प्रति कृतज्ञता प्रकट गर्दै पोखरादेखि यही कार्यक्रमका लागि आएका चिरन कुँवरले आफ्नो काठमाण्डौंसम्मको यात्रा सार्थक भएको प्रेरक प्रतिक्रिया दिए। अर्की सहभागी सुजता लिम्बुले तालिम केबल सूचनामुलक ज्ञान संकलनमा सीमित नभई तात्विक रूपमै अगाडिको आर्थिक प्रगतिमा प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।